Logo
६ बैशाख २०८१, बिहीबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

प्रदेश नं २ स्थित सिरहामा दलित महिलालाई कुटपटि गरेको आरोपमा सिरहाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-१० पर्चिलवाका रामविलाश यादव रहेका छन् । कल्याणपुर-१० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुटपिट गरेको आरोप लगाइएको छ ।

पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्