Logo
२७ आश्विन २०८१, आईतबार
(October 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नर्वेले काठमाडौं विश्वविद्यालयलाई ३० करोड ६० लाख सहयोग गर्ने

नर्वे र काठमाडौं विश्वविद्यालयबीच ३० करोड ६० लाख मूल्य बराबरको सहयोगसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा। भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको छ ।यस सम्बन्धी कार्यक्रम काठमाडौँ विश्वविद्यालयमा सन् २०१६ जुलाई महिनादेखि जारी छ ।

अघिल्लो पटकको सम्झौता आगामी डिसेम्बर महिनामा सकिँदै थियो ।अहिले पुनः तीन वर्षका लागि सहयोग सम्बन्धी सम्झौता थप भएको सन्जेलले जानकारी दिए ।

सहयोगसम्बन्धी सम्झौता गत मंगलबार भएको हो ।सम्झौताअनुसार इनर्जाइज नेपाल कार्यक्रम अन्तर्गत नर्वेले काठमाडौं विश्वविद्यालयलाई १२ एकेडेमिक रिसर्च प्रोजेक्ट र १० वटा बिजनेस आइडियाका लागि रकम उपलब्ध गराउने छ ।

यो सहयोगबाट आंशिक रुपमा १५ पीएचडी र ३० एमएससी विद्यार्थीहरुको शोधमा सहयोग पुग्ने विश्वास छ । नवीकरणीय ऊर्जा र जलविद्युत् क्षेत्रमा शोध गर्न चाहने जोसुकै नेपालीले यो प्रोग्राम अन्तर्गत सहयोग लिन सक्ने इनर्जाइज नेपालका असिस्टेन्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले जानकारी दिए ।

 

प्रकाशित मिति: Oct 28, 2021

प्रतिक्रिया दिनुहोस्