Logo
७ बैशाख २०८१, शुक्रबार
(October 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् : सिधे नुन खादाँ हुन्छन् यस्ता फाइदा !

सिधे नुन कमै मानिसले खाने गर्छन् र यसको फाइदा पनि कमैलाई मात्रा थाहा होला। हामीले दैनिक खाने खानामा नुन नभए बेस्वादिलो हुन्छ ।

खानामा नुन बढी वा कम भए खानाको स्वाद नै बिग्रन्छ । त्यसैले खानामा नुनको महत्वपूर्ण स्थान छ ।खानामा प्रयोग हुने र बिहान बेलुकै खाइने नुनले स्वास्थ्यमा पुर्याउने लाभहानी बारे हामीले जानकारी राख्नु जरुरी छ ।

हामीले भोजनमा प्रायः जसो सेतो वा आयोडिन नुनको प्रयोग गर्छौं ।सेतो नुनको अत्यधिक प्रयोगले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पनि पर्न सक्छ । हामीले सेतो नुनको साटो सिधे नुनको प्रयोग गर्न सक्छौं । सिधे नुन हल्का खैरो रंगको हुन्छ ।

सिधे नुनको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्ने गर्छ । हामी आज हजुरहरुलाई सिधे नुनकोबारेमा जानकरी दिन गइरहेका छौ । सिधे नुनको रासायनिक नाम सोडियम क्लोराइड हो ।

आयोडिनयुक्त नुन जस्तै सिधे नुन धेरैजसो व्रत बस्ने क्रममा प्रयोग हुनेगर्छ । यो प्रशोधन नगरिएको हुँदा यसमा रहेको पोषक तत्व जस्ताको तस्तै प्राप्त हुन्छ ।

सिधे नुनमा सल्फर, पोटासियम, क्याल्सियम आइरनलगायतका शरीरलाई आवश्यक पर्ने खनिज तत्व प्रशस्त मात्रामा पाइन्छ । यसकासाथै यसमा ९० प्रतिशत मिनरल हुन्छ ।

सिधे नुनका यस्ता छन् फाइदाहरु

सिधे नुनले अनिन्द्रा, अस्थामा, मधुमेह, पथ्थरी, मोटोपन, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ । त्यस्तै, यसको नियमित सेवनले आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्या पनि नियन्त्रण हुन्छ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

-उच्च रक्तचाप नियन्त्रित हुन्छ

-मुटुका रोगहरुबाट बचाउँछ

-पाचन र तौल घटाउनका सहयोग पुर्याउने

-यसले पाचन रस बनाउने हुनाले कब्जियतबाट राहत पाउन मद्दत पुर्‍याउँछ

-कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुर्‍याउँछ

-शरीरमा सेरोटोनिन र मेलाटोनिन हर्मोनको स्तर कायम गर्छ, तनाव कम गर्छ

-मांसपेशी दुखाई वा हड्डीहरूसम्बन्धी कुनै समस्या कम गर्छ

-हृदयघातको सम्भावना कम गर्छ

-शरीरमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेह हुनबाट बचाउँछ

– छाला र दन्त रोगहरूमा फाइदाजनक

 

प्रकाशित मिति: Oct 27, 2021

प्रतिक्रिया दिनुहोस्