Logo
६ बैशाख २०८१, बिहीबार
(October 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशका केहि स्थानमा बर्षा र हिमपात हुने

आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइ केहि स्थानमा बर्षा हुने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू-भागमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीको प्रभावले आज उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको थोरै स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू(भागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदैँ देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको समेत सम्भामवना सावधानी अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: Oct 27, 2021

प्रतिक्रिया दिनुहोस्