Logo
८ बैशाख २०८१, शनिबार
(October 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकले कमायो तीन महिनामा नौ अर्ब डलर नाफा

सामाजिक सञ्जाल फेसबुक कम्पनीले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ ।

गएको जुलाईदेखि सेप्टेम्बर सम्ममा नौ अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो ।

केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो ।

तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने कम्पनीलाई झुटो आरोप लगाएको बताएएका थिए ।

एक वर्षयता मासिक प्रयोगकर्ताको सङ्ख्या पनि ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको फेसबुकले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: Oct 26, 2021

प्रतिक्रिया दिनुहोस्