Logo
८ बैशाख २०८१, शनिबार
(October 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पल शाह र मेरो कुनै प्रकारको अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छ : समिक्ष अधिकारी

पछिल्लो सयमयमा सामाजिक सञ्जालमा गायिका समिक्षा अधिकारी र अभिनेता पल शाहसँग जोडिएर समाचार बाहिररहेका छन् । समिक्षा र पलबीच अनैतिक सम्वन्ध रहेको जस्ता अफवा समाचार केहि मिडियाले प्रकाशन गरेका छन् ।

सोही प्रसंगमा आज गायिका गायिका समिक्षाले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएका समाचारहरुबारे मुख खोलेकी छन् ।

नायक शाहसंग जोडिएर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले उक्त समाचारहरुको खण्डन गरेकी छन् । समाजिक सञ्जाल फेसबुकमार्फत उनले समाचारमा आएका समाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी गरेकी छन् ।

त्यस्ता समाग्रीले नायक शाहको करिअरमा समेत आच पुर्‍याउन खोजीएको उनको भनाई रहेको छ । उनले पलसँग कुनै अनैतिक सम्वन्ध नरहेको स्पष्ट पारेकी छन् । केही मिडियाहरुले उनीहरु मिडियासँग भागेको आरोप समेत लगाएका थिए । तर आज उनले आफ्नो धारणा व्यक्त गरेकी छन् ।

‘एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ।

मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु।’ उनले फेसबुकमा लेखेकी छन् ‘हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल एक साथ काम गरिरहेको छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले समाचार लेख्दा निकै दुखी छु।’

प्रकाशित मिति: Oct 24, 2021

प्रतिक्रिया दिनुहोस्