Logo
२३ आश्विन २०८१, बुधबार
(October 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारका पदाधिकारीले प्रधानन्यायाधीश जबरासँग छलफल गर्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीले भेटेर छलफल गर्दै छन्।

बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भेटघाट हुन लागेको हो ।  पछिल्लो समय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्‌मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् ।

बार बैठकले यिनै विषयमा जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।सोही निर्णयबमोजिम आइतबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्।

प्रकाशित मिति: Oct 24, 2021

प्रतिक्रिया दिनुहोस्