Logo
२५ आश्विन २०८१, शुक्रबार
(October 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले कैलाली र बर्दियाको बाढीपहिरो प्रभावित क्षेत्रको आज निरीक्षण गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै छन् ।

प्रधानमन्त्री देउवा बिहिबार बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणको लागि सुदूरपश्चिम प्रदेश गएका थिए । उनले हिजो बिहीबार डोटी,बझाङ र डढेल्धुरामा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री देउवा अहिले त्यही क्षेत्रमा नै बसेका छन् । आज कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आज थप क्षेत्रको निरीक्षण गरी दिउँसो चार बजेपछि काठमाडौं फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले जानकारी दिए।

बिहीबार बिहान काठमाडौँबाट सुर्खेत पुगेको प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर बाढीपहिरो र डुबानको स्थलगत जानकारी लिएको छ।

टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

प्रधानमन्त्रीले साँझ कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रको हवाई निरीक्षणसमेत गरेका थिए।त्यस क्रममा प्रधानमन्त्री देउवाले प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन्।

 

प्रकाशित मिति: Oct 22, 2021

प्रतिक्रिया दिनुहोस्