Logo
१५ चैत्र २०८०, बिहीबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशसभामा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै

बागमती प्रदेशसभा बैठक अहिले बसिरहेको छ । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री अष्टलक्ष्मी  शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् । अहिले मुख्यमन्त्री शाक्यले सम्बोधन गरिरहेकी छन् ।

करिब दुई साता अघि पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बिहीबारको बैठकमा छलफल हुने र सम्भवतः कार्तिक ७ गते अर्को बैठक राखेर सो बैठकमा मात्र मत विभाजन गराउने सत्ता पक्षको तयारी छ ।

यता, विपक्षी गठबन्धनले भने नयाँ मुख्यमन्त्रीको दाबेदारका रुपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । विपक्षी गठबन्धनमा आवद्ध सांसदहरुले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई समर्थन जनाउँदै हस्ताक्षर गरेका छन् ।

१०९ सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री शाक्यको दल नेकपा एमालेसँग ४३ संसदमात्र छन् । अर्कोतिर विपक्षी गठबन्धनमा नेकपा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३ र जसपाका एक सांसद छन् । यस आधारमा प्रदेशसभामा विपक्षी गठबन्धन प्रस्ट बहुमतमा देखिन्छ ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्