Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले स्थायी कमिटी बैठक जारी, तेस्रो धारमा बढ्यो असन्तुष्टि

नेकपा एमालेको स्ठायी कमिटी बैठक जारी रहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन शुरु गरेका छन् ।

बैठकको एझेण्डामा गत असोजमा भएको विधान महाधिवेशनको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, वडा र स्थानीय तहको अधिवेशनको तयारीबारे छलफल, बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिलगायतको विषय रहेका छन् ।

ओलीले बुधबार बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई ‘१० बुँदे, १० बुँदे भनेर ट्याङ ट्याङ नगर्न’ चेतावनी दिएका थिए । ओलीको अभिव्यक्तिलाई लिएर तेस्रो धारका नेताहरु भीम, रावल, घनश्याम भुसालले सार्वजनिक रुपमै असन्तुष्टि जनाइसकेका छन् ।

ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकै कारण तेस्रो धारण नेताहरुले अन्तिम समयमा माधव नेपाललाई नयाँ पार्टी बनाउन सघाएका थिएनन् ।

यसैबीच ओलीको अभिव्यक्ति र तेस्रो धारणका नेताहरुको प्रतिजवाफपछि एमालेभित्र तरंग उत्पन्न भएको छ । यसै विषयमा साढे ३ बजे स्थायी समितिको बैठक सुरु हुनुअघि भीम रावलसहित नेताहरु सुरेन्द्र पाण्डे र ओली निकट शंकर पोखरेलबीच छलफल भएको छ ।

सोही छलफलका कारण तीन नेता ढिलागरी बैठक हलतर्फ प्रवेश गरेका थिए । छलफलमा के भयो भन्नेबारे खुलिसकेको छैन ।

 

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्