Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुँगुरकाे मिर्गाैला मानिसमा सफल प्रत्याराेपण

अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई ‘सम्भावित चमत्कार’ बताएका छन् ।

यो शल्यक्रिया गएको वर्षको सेप्टेम्बर २५ मा भएको थियो । जसमा एक अनुवांशिक रूपबाट संशोधित दाता जनावर र एक ब्रेन डेड (मष्तिष्क मृत) रोगी सहभागी थिए । ती व्यक्तिका परिवारले विज्ञानको प्रयोगका लागि दुई दिनको अनुमति दिएका थिए ।

न्युयोर्क विश्वविद्यालय लेङ्गोनमा ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक रोबर्ट मोन्टगोमरीले एक साक्षात्कारमा एएफपीसँग भने, ‘मिर्गौलाले ठिक त्यसरी नै काम गर्यो जसरी गर्नुपर्ने थियो । मिर्गौलाले फोहर हटायो र मूत्र बनायो ।’ झन्डै दुई घण्टासम्म चलेको शल्यक्रियामा डाक्टर रोबर्टलाई उनका अरू साथीले सहयोग गरेका थिए ।

बेलायतको बर्मिङ्घम विश्वविद्यालयका एक डाक्टर हाइनेक मर्जेन्टलले यो समाचार जेनोट्रान्सप्लान्टेशन क्षेत्रमा महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि भएको बताए ।

यसको पुष्टि भए यो अङ्ग प्रत्यारोपणको क्षेत्रमा एक ठूलो कदम हुने र यसले अङ्गको कमीलाई पूरा गर्न पनि मदत गर्ने उनले बताए ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्