Logo
११ बैशाख २०८१, मंगलबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपतिको आग्रह

केहि दिनदेखि लगातार परेको अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।

बिहीबार  विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रुपमा अघि बढ्न आग्रह गर्नुभएको छ।’

यस्तै राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्धार तथा राहत कार्यमा संलग्न हुन आग्रह गरेकी छिन् ।

साथै उनले बाढीपहिरोबाट धेरै धनजनको क्षति भएको भन्दै दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति साहनुभूति सहित हार्दिक समवेदना प्रकट गरेकी छन् ।

राष्ट्रपति भण्डारीले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट जोगिन नागरिकलाई सचेत हुन आग्रह पनि गरेकी छन् ।

 

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्