Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीबाट प्रभावित किसानको पिडा बुझिदिन सरकारसँग पूर्व प्रदेशप्रमुख अहिराजको माग

प्रदेश २का पूर्वप्रमुख डा राजेश अहिराजले बाढीबाट प्रभावित किसानको पिडा बुझिदिन सरकारसँग अपिल गरेका छन् ।

केहीदिनदेखि परेको वर्षाले काटेको धान, मानिसको घरबार नै बगाएपछि उनले एक्लै किसानको खेतखेतमा पुगेर अवलोकन गरेका हुन् ।

उनले खेतमै बसेर भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘विगत ४ दिनदेखि म किसानकोबीचमा छु, उनीहरुको कुरा सुनिदिने कोही भएन, त्यहीँ भएर सबैमा विनम्र अनुरोध छ, जहाँबाट सकिन्छ किसानलाई दान गरौँ यसबाट हाम्रो अन्नदाताको मुहारमा खुसी आउँछ ।’

देशभरि बेमौसमी बाढीले मच्चाएको बितण्डाले पीडित भएका किसानको दुखमा सान्त्वना दिन अहिराज अहिले किसानकै खेतमा पुगेका छन् ।

तराईका विभिन्न भुभागमा गएर बाढीले पारेको प्रभावबारे अवलोकन गरिरहेका अहिराजले किसानसँगै बसेर उनीहरुको दुखपीडा बुझ्ने र सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता गरेका छन् ।

बेमौसमी भारी वर्षाका कारण अर्बौंको धानबाली नष्ट भएको छ भने ९० जनाभन्दा बढीको ज्यान गएको र कैयौं जना बेपत्ता भएका छन् । यस्तो पीडाको घडीमा सबै नेपालीले सहयोग र सद्भाव देखाउनुपर्ने डा. अहिराजले बताएका हुन् । यसबाट सबभन्दा बढी मारमा किसानहरु परेकाले नेपालीहरुले सहयोग गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्