Logo
१३ बैशाख २०८१, बिहीबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशसभा बैठकको समय सर्यो, एमाले पनि सहभागी हुने

बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठक २ घण्टा पछि सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो ।

बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई पत्रसहित आग्रह गरेको थियो । तर विपक्षी दलहरूको विरोधका कारण सभामुख श्रेष्ठले बैठक निर्धारित मितिमै बस्ने जवाफ दिएपछि एमालेले बैठकमा सहभागी हुने निर्णय गरेको हो ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले आजको बैठकमा एमाले सहभागी हुने बताए । उनले विश्वासको मतसम्बन्धी आवश्यक प्रक्रियाबाट एमाले नभाग्ने प्रस्ट पारे ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्