Logo
७ बैशाख २०८१, शुक्रबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा माओवादी केन्द्रले ३२ वटा केन्द्रीय विभागलाई दियो पूर्णता

नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ ।विहिबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यीय सम्पर्क समिति र ३३ विभाग तथा एक प्रतिष्ठान गठन गरेको हो ।

डिलाराम आचार्यको संयोजकत्वमा सम्पर्क समिति गठन गरिएको माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकबारे बताउँदै उनले ३३ वटा विभाग तथा यसको जिम्मेवारी तोकिएको बताए । जसमा विपद् व्यवस्थापन विभाग भने गठन गर्न बाँकी छ ।

यसबाहेक पार्टी स्कुलिङ विभागको ईन्चार्च पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुखमा गिरीराजमणि पोखरेललाई जिम्मा दिइएको छ ।

यसै गरी, विदेश मामिला विभागको प्रमुखमा नारायणकाजी श्रेष्ठ, प्रचार प्रसार प्रकाशन विभागमा कृष्णबहादुर महरा, वन तथा वातावरण विभागमा शक्तिबहादुर बस्नेत, संगठन विभागमा जनार्दन शर्मा, अर्थ तथा योजना विभागमा वर्षमान पुन, उद्योग विभागमा बामदेव क्षेत्री, उपभोग हित तथा आपूर्ति विभाग मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा वीना मगर, निर्वाचन विभागमा खिमलाल देवकोटा, प्रादेशिक मामिला विभागमा परशुराम तामाङ, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभाग झक्कुप्रसाद सुवेदी, विज्ञान तथा प्रविधि गणेश शाहलगायतका नेताहरुलाई जिम्मेवारी तोकिएको पार्टी प्रवक्ता महराले बताए।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्