Logo
८ बैशाख २०८१, शनिबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापति शर्माद्वारा उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति महारथी प्रभुराम शर्माले नेपाल सरकार, मन्त्रीपरिषद्को कार्तिक १ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बाबुराम श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापतिले कार्तिक ३ गते जंगी खड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बाबुराम श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी बाबुराम श्रेष्ठ श्री मध्य कमाण्ड हे।क्वा।को कमाण्ड सेनापतिमा नियुक्ति भएका छन् ।उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्