Logo
८ बैशाख २०८१, शनिबार
(October 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्यनलाई गिरफ्तारपछि पहिलो पटक आर्थर रोड जेलमा भेट्न पुगे शाहरुख !

बलिउड अभिनेता शाहरुख खान आज बिहिबार ड्रग्स प्रकरणमा जेलमा रहेका छोरा आर्यन खानलाई भेट्न आर्थर रोड जेलमा पुगेका छन् ।

आर्यनको गिरफ्तारीपछि यो उनीहरुको पहिलो भेट हो । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन खानको जमानत याचिका बुधबार पुनः खारेज भयो ।

आर्यनका लागि बम्बे हाईकोर्टबाट जमानत पाउन सहज हुनेछैन किनभने अदालतमा १ नोभेम्बरदेखि दिवालीको छुट्टी छ र उनीसँग अब सात दिनको वर्किङ डेज छन् । त्यसपछि अदालत १४ नोभेम्बरमा मात्रै खुल्ला रहनेछ ।

आर्यनका वकिल अमित देसाई र सतिश मानशिन्दे न्यायाधीश नितिन साम्बरेको कोर्ट रुममा जमानतका लागि पुगे तर त्यतिबेलासम्म हाईकोर्टको बेन्च उठिसकेको थियो ।

अब यो सुनुवाई बिहिबार हुनेछ । यद्यपि, प्रहरीले आर्यनले ड्रग्स खरिद गर्ने गरेको र ठूलो ड्रग्स डिलरसँग सम्पर्कमा रहेको बताइरहेको छ । आर्यनले बयानमा पनि ४ बर्षदेखि आफूले ड्रग्स लिइरहेको बयान दिएका थिए ।

 

प्रकाशित मिति: Oct 21, 2021

प्रतिक्रिया दिनुहोस्