Logo
१३ बैशाख २०८१, बिहीबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोली विश्वासको मत लिदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार अपराह्न बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा-१८८ को उपधारा १ बमोजिमको प्रावधान अनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

बिहीबारको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उनले जानकारी दिए ।

वाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्