देशभर अहिलेसम्म बाढी-पहिरोबाट ४८जनाको मृत्यु, ३१ बेपत्ता
आइतबारदेखि लगातार आएको पानीका कारण बाढीपहिरो जानुको साथै जलमग्न भएको छ । अविरल वर्षाका कारण गएको बाढी-पहिरोबाट देशभर ४८ जनाको मृत्यु भएको छ । ११ जिल्लाका ४८ जनाको बाढी तथा पहिरोका कारण मृत्यु भएको गृह मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार बाढी तथा पहिरोबाट कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १, डोटीमा ९, हुम्लामा ६, प्युठानमा १, धनकुटामा ६, सुनसरीमा २, पाँचथरमा ६, इलाममा ११ र उदयपुरमा १ जनाको मृत्यु भएको छ ।
यस्तै डोटीमा १ जना, बझाङमा २३ जना, प्युठानमा २ जना र इलाममा ५ जना बेपत्ता भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।
यस्तै ७ जिल्लाका २३ जना घाइते भएका छन् । यस्तै २० घरमा बाढी पहिरोले क्षति पुर्याएको पनि मन्त्रालयले जनाएको छ । साथै बर्षाका कारण देशका तराई तथा पहाडी जिल्लामा किसानले लगाएको धानखेतीमा ठूलो क्षति पुगेको छ ।
साथै गृहमन्त्रालयले बाढीपिडितलाई राहत तथा उद्धारका लागि निर्देशन दिएको छ ।