Logo
८ बैशाख २०८१, शनिबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीपहिरोबाट प्रभावित किसानलाई कृषि सहायता कोष बनाई तुरुन्त राहत दिन प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

उनले बाढी पहिरोमा फसेकाहरूको उद्धार, राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार र बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

अध्यक्ष प्रचण्डले बुधबार एक विज्ञप्ति जारी गर्दै विपतमा ज्यान गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

बाढी पहिरोमा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयंसेवी, विभिन्न सङ्घसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश(१, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागहरूमा ३० जनाभन्दा बढी नागरिकको मृत्यु भएको छ ।

त्यसैगरी यस प्राकृतिक विपतमा परी झन्डै तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन्। धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठुलो क्षति भएको छ ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्