Logo
८ बैशाख २०८१, शनिबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन लिए सलमान खानले महंगो भाडामा अपार्टमेन्ट ?

बलिउडका चर्चित अभिनेतामध्ये सलमान खान पनि एक हुन् । उनी बलिउडमा सबैभन्दा धेरै कमाउने कलाकार मध्येमा पर्छन् । सलमान हाल परिवारको साथमा बान्द्रा स्थित गैलेक्सी अपार्टमेन्टमा बस्छन् ।

समाचार एजेन्सीको अनुसार सलमानले भर्खरै मात्र आफ्नो घर नजिकै मकवा हाइट्समा १७औं र १८औं फ्ल्याटमा एक डुप्लेक्सको लागि फाइनल एग्रिमेन्ट गरेका हुन् ।उनीसँग आलिसन घर पनि छ । सलमानले एक डुप्लेक्स (दुई तला) अपार्टमेन्ट पनि भाडामा लिएका छन् ।

उनले भर्खरैमात्र लिएको डुप्लेक्सको एक महिनाको भाडा ८ लाख २५ हजार रुपैयाँ हो । समाचार अनुसार उक्त भवनको मालिक बाबा सिद्दिकी र जीशान सिद्दिकी हुन् । बाबा सिद्दिको सलमानसँग धेरै राम्रो मित्रता पनि छ ।

सलमानले यो घर एक वर्षको लागि भाडामा लिएका हुन् । यो अपार्टमेन्टको एरिया २२ सय ६५ फुट रहेको छ । सलमानले आफ्नो खाली समय पनवेल स्थित फार्महाउसमा बिताउने गर्छन् ।

अभिनेताले यतिखेर बिगबोस १५ को होस्ट गरीरहेका छन् । उनी चाडै नै फिल्म अन्तिम द फाइनल टु्थ मा देखिदै छन् । यसको साथै सलमानलाई टाइगर ३, कभी ईद कभी दिवाली र किक २ मा पनि दर्शकहरुले देख्न पाउने भएका छन् ।एजेन्सी

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्