Logo
१२ बैशाख २०८१, बुधबार
(October 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपद्को समयमा जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउँनु पर्छ : गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापाले देशका कयौँ ठाउँमा विपद्ले जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले अभिभावक भएको आभास दिलाउनु पर्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत केहि दिन देखिको वर्षाका कारण सुदूरपश्चिम लगायत देशका कयौँ ठाउँमा बाढी,पहिरोले जनजीवन अस्तव्यस्त भएको यस्तो बेला सरकारले अभिभाव भएको आभास दिलाउने समय भएको प्रतिक्रिया दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘यो बेलानै हो सरकारले अभिभावक भएको आभास दिलाउने। प्रधानमन्त्रीज्यू आफन्त गुमाएका,विस्थापित भएका,खेतिबाली नष्ट भएका,जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्,दुखमा सहानुभुतिको महसुस गराउनुहोस्’ ।

प्रकाशित मिति: Oct 20, 2021

प्रतिक्रिया दिनुहोस्