Logo
२७ आश्विन २०८१, आईतबार
(October 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्तिक ९ गते बोलाएको प्रतिनिधिसभाको बैठक दुई दिन पछि सर्‍याे

कार्तिक ९ गते बोलाएको प्रतिनिधिसभाको बैठक दुई दिन पछि सरेको छ ।

संघीय संसदको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै कार्तिक ९ गते बोलाएको बैठक कार्तिक ११ गते दिउँसो २ बजेका लागि तोकिएको जानकारी दिएको छ ।

सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले बैठक दुई दिन पछि सार्न निर्देशन दिएपछि सारिएको बताए । विज्ञप्तिमा कार्तिक ९ गते बैठक बस्न नसक्ने जनाइए पनि उपयुक्त कारण भने खुलाइएको छैन ।

यसअघि भइरहेका प्रतिनिधिसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गर्दै आएका छन् । यद्यपि अवरोधकै बीच सभामुखले नियमित कारबाही जारी राखेका छन् ।

प्रकाशित मिति: Oct 19, 2021

प्रतिक्रिया दिनुहोस्