Logo
१३ बैशाख २०८१, बिहीबार
(October 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा अविरल वर्षाका कारण घर भत्किएर २ जनाको मृत्यु, दुई घाइते

file photo

आइतबारदेखि तगातार परेको अविरल वर्षाका कारण घर भत्किएर सुदूरपश्चिममा २ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार अविरल वर्षाका कारण सोमबार राति घर भत्किएर डडेलधुराको गन्यापधुरा गाउँपालिका –१ भत्काडामा ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको हो ।

डोटी जिल्लाको आदर्श गाउँपालिकामा पनि एक जनाको घर भत्किएर मृत्यु भएको छ । सञ्चार सम्पर्क प्रभावित भएका कारण डोटीमा मृत्यु हुनेको नाम ठेगाना खुल्न नसकेको प्रहरी कायलयले बताएको छ ।

घर भत्किएर डडेलधुराको अमरगढी नगरपालिकामा पनि आमाछोरा घाइते भएको तथा उनीहरुको अवस्था समान्य रहेको प्र्रहरीले बताए ।

प्रदेश प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार कञ्चनपुरमा महाकाली र कैलालीको टीकापुर क्षेत्रमा कर्णालीको बहाव तीव्र रुपमा बढ्दै गएका कारण तटीय क्षेत्रमा बाढी पस्ने जोखिम बढ्दै गएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चारसेवा समेत ठप्प भएका कारण जनधनको क्षतिको विवरण प्राप्त हुनमा समस्या भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Oct 19, 2021

प्रतिक्रिया दिनुहोस्