Logo
८ बैशाख २०८१, शनिबार
(October 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले गर्यो राष्ट्रिय सम्मेलन सम्बन्धी कार्यतालिका संशोधन

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ ।आज बसेको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको पर्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको प्रवक्ता महराले जानकारी दिए ।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।

माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन पनि गरेको छ ।माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।

यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५-२५ सदस्यीय गठन गरेको छ ।

प्रकाशित मिति: Oct 19, 2021

प्रतिक्रिया दिनुहोस्