Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय फुटबल टोली नेपाल फर्कियाे, अल्मुताइरी कुवेत प्रस्थान

 नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु स्वदेश फर्किएका छन् । सोमबार बिहान साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली फुटबल टिमका सदस्यहरु स्वदेश फर्किएका हुन् ।

खेलाडीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

यता, राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेत प्रस्थान गरेका छन् । मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका हुन् ।

माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३-० ले पराजित भएको थियो । साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको यो पहिलो अवसर थियो ।

६ महिना भन्दा लामो समयदेखि राष्ट्रिय टोलीको प्रशिक्षणमा व्यस्त रहेका कारण आफूले केहि दिनको विश्राम चाहेको अलमुताइरीले बताएका थिए । उनले केहि दिनपछि मात्र नेपाली टोलीको प्रशिक्षकमा कायम रहने वा नरहने विषयमा निर्णय लिने बताएका थिए ।

प्रकाशित मिति: Oct 18, 2021

प्रतिक्रिया दिनुहोस्