Logo
१३ बैशाख २०८१, बिहीबार
(October 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशमा भएको धार्मिक दंगाले उग्ररुप लिँदै, अहिलेसम्म ५ जनाको मृत्यु

बंगलादेशमा भएको धार्मिक दंगाले उग्ररुप लिँदै छ । दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि बंगलादेशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ ।

ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र ढाकामा थप एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ ।

यस्तै थुप्रै गाडीमा तोडफोड र आगजनी भएका छन । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका र बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप लगाएका छन् ।

एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको थियो । बुधबार नै ४ जनाको ज्यान गइसकेको थियो ।

हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।प्रधानमन्त्री बेगम हसिना जियाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

प्रकाशित मिति: Oct 16, 2021

प्रतिक्रिया दिनुहोस्