Logo
८ बैशाख २०८१, शनिबार
(October 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको तलेजु मन्दिरमा बलिरहित पूजा सम्पन्न

आज भक्तपुरको तलेजु मन्दिरमा बलिरहित पूजा सम्पन्न भएको छ ।

हरेक वर्ष दसैँको महानवमीमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको हो तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए । गुठी संस्थानको खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा गत वर्ष र यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको उनले जानकारी दिए ।

तलेजुलाई मूल चोकको दसैँ घरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत यस वर्ष रोकिएको छ । कोरोनाकै कारण गत वर्ष र यस वर्ष तलेजुलाई मूल घरबाट दसैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए ।

त्यसैगरी यस वर्ष कुमारीलाई काठमाडौँस्थित कुमारी घरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने कुमारीलाई तलेजुमा ल्याइएको छैन ।

यस वर्ष कुमारी जीविका बज्राचार्यलाई काठमाडौँमा राखेर पूजा गरिएको छ ।

प्रकाशित मिति: Oct 14, 2021

प्रतिक्रिया दिनुहोस्