Logo
१२ बैशाख २०८१, बुधबार
(October 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखाबाट पठाएको फूलपाती हनुमान ढोका दशैंघरमा भित्र्याइयो

बडादशैको लागि गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोका दशैंघरमा भित्र्याइएको छ ।मंगलबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको हो ।

दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो ।अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैंघरमा भित्र्याइएको हो ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।

राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ ।

प्रकाशित मिति: Oct 12, 2021

प्रतिक्रिया दिनुहोस्