Logo
१३ बैशाख २०८१, बिहीबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, को को बने मन्त्री?

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गरेलगत्तै नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका वीरबहादुर राना, बाँकेका सुरेन्द्र हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री, रुपन्देहीका वसिउद्दिन खाँले शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीको सपथ लिएका हुन् ।

दाङका इन्द्रजीत थारूले स्वास्थ्य तथा जनसंख्या, बर्दियाका तिलकराम शर्माले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीका रुपमा सपथ लिएका छन् ।

त्यसैगरी रिना नेपाल विकले पर्यटन ग्रामिण तथा सहरी विकास, अर्जुन कुमार श्रेष्ठले उर्जा जलस्रोत तथा सिंचाई, विमला खत्री ओलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा सपथ लिएकी छन् ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्