Logo
१२ बैशाख २०८१, बुधबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहरुखका छोराआर्यनको ड्रग्स प्रकरण थप जटिल बन्दै, एनसीबीद्वारा ड्राइभरसँग सोधपुछ !

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको ड्रग्स प्रकरण झन जटिलता तिर गइरहेको छ । उनलाई अहिले जेल चलान गरीएको छ । शुक्रबार अदालतले जमानत दिन अस्वीकार गरेपछि उनलाई जेलमा राखीएको छ ।

उनलाई आर्थर रोड जेलमा राखिएको छ ।आर्यन खान ड्रग्स प्रकरणमा फेरि नयाँ खबर सार्वजनिक भएको छ । यस केसमा उनसीबीले शाहरुखका ड्राइभरसँग अहिले सोधपुछ गरीरहेको छ । हाल एनसीबी अफिसमा शाहरुखका ड्राइभर राजेश मिश्रासँग सोधपुछ भइरहेको बताएको छ ।
एनसीबी स्रोतका अनुसार मिश्रासँगको सोधपुछ सोही प्रकरणको अनुसन्धानको एक भाग हो । अनुसन्धानका क्रममा आर्यन खान अरबाज मर्चेन्ट प्रतीक गाजसँगै अर्का आरोपी आर्यनको घर मन्नतबाट एक मर्सिडीज गाडीमा बाहिर निस्किएका थिए ।

उनीहरु सबै क्रुज पार्टीका लागि निस्किएका थिए । यसबारे ड्राइभरसँग सोधपुछ गरिएको हो ।आर्यनलाई बाँकी कैदीहरुभन्दा फरक क्वारेन्टाइनमा राखिएको सञ्चारमाध्यमले बताएका छन् ।

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्