पासो लगाको डोरी महँगोमा बिक्री गर्ने लोभमा महिलाको हत्या गरेको अभियोगमा ३ जना पक्राउ
पासो लगाको डोरी महँगोमा बिक्री गर्ने लोभमा ललितपुर सुनाकोठीमा ४५ बर्षीया कमला तामाङको हत्याको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा, बानेश्वरले ललितपुर महानगरपालिका-१७, सुनाकोठीमा कमला तामाङको हत्या गरेको अभियोगमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, मोरङका २० वर्षीय सुमन मगर र मकवानपुरकी १८ वर्षीया प्रविना प्रजा माझीलाई पक्राउ गरेको हो ।
मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा परी र डोरी बिक्री गरेर लाखौं कमाउने लोभमा महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
महाशाखाका अनुसार उनीहरुले डोरी बिक्री हुने अफवाहमा विश्वास गरेर तामाङको घाँटीमा डोरीले कसेर हत्या गरेको पाइएको छ । हत्यापछि मृतकको गहना र मोबाइलसमेत लुटेर फरार रहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान थालिएको उनले बताए ।