Logo
१२ बैशाख २०८१, बुधबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेक भिडियो देखाएर जब १५ वर्षका आर्यनलाई भाई अबरामको ‘पिता’ भनेपछि…!

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले जेल जीवन विताइरहेका छन् । शुक्रबार मुम्बइस्थित किला अदालतल जमानत खारेज गरेपछि उनी अहिले जेल चलान भएका हुन् ।

उनलाई आर्थर रोड जेलमा राखिएको छ । आर्यनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा आइतबार पक्राउ गरिएको थियो ।

आर्यन पक्राउ परेपछि बलिउडका कलाकारले उनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट् गरेका छन् । भने, भारतीय सञ्चार माध्यमले आर्यनसँग जोडिएका प्रसंगहरुलाई समाचार बनाएका छन् ।

आर्यन पक्राउ परेपछि भारतीय सञ्चारमाध्यमले विभिन्न समाचार बनाइरहेका छन् । शुक्रबार आर्यनको आमा गौरीको जन्म दिन परेको थियो । उनलाई पहिला गाजासहित विमानस्थलमा पक्रिएको तर बाहिर नल्याएको जस्ता समाचार बाहिर आइरहेको छ ।

यसैबीच, आर्यन र उनका भाइ अबरामको विषयमा एक प्रसंग जोड्दैछौँ । आर्यन र अबरामबीच १५ वर्षको उमेर अन्तर रहेको छ । आर्यनको जन्म सन् १९९७ मा भएको थियो भने सुहानाको जन्म २००० मा भएको थियो । त्यसपछि १३ वर्षपछि मात्रै शाहरुखले अर्को सन्तान बनाएका थिए । १५ वर्षको अन्तरका कारण आर्यनलाई अबरामका पिता भनेर चर्चा गरियो ।

सन् १०१७ मा टेडएक्स टकमा शाहरुखले भनेका थिए, ‘चार वर्ष पहिले मेरी पत्नी गौरी र मैले तेस्रो बच्चा बनाउने निर्णय लिएका थियौँ । त्यो समय मानिसहरु मेरो सानो छोरा आर्यनको बच्चा भएको दाबी गरिरहेका थिए । जबकी त्यतिबेला आर्यन जम्मा १५ वर्षको थियो । आर्यनको युरोपमा भएको फेक भिडियो देखाएर अबराम आर्यनको छोरा भएको दाबी गरिरहेका थिए ।’

शाहरुखले उक्त अफवाहका कारण आर्यन निकै चिन्तित भएको बताएका थिए । आर्यन उक्त समाचारले निकै बिचलित भएका थिए । उनी सबैलाई युरोपको ड्राइभिङ लाइसेन्स नभएको स्पष्टिकरण दिँदै हिँड्थे । शाहरुख र गौरीको तेस्रो बच्चा अबराम सरोगेसीमार्फत २०१३ मा जन्मिएका थिए । उनी प्रिम्याच्युर जन्मिएका थिए ।एजेन्सी

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्