Logo
२७ आश्विन २०८१, आईतबार
(October 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालले गरे राजीनामा दिने घोषणा

नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका हुन् ।

उनले कांग्रेस र आफ्नो बदनामी गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिएका छन् । ‘म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु, काँग्रेस र मेरो बदनामी भयो,’ उनले भने, ‘राजीनामा दिन्छु स्वीकृत गर्ने नगर्ने प्रधानमन्त्रीको कुरा हो ।’

प्रकाशित मिति: Oct 10, 2021

प्रतिक्रिया दिनुहोस्