Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्कोडाले ल्याउने भयो मिड साइज सेडान स्लाभिया, यस्ता छन् विशेषता !

 स्कोडाले आगामी बर्ष सन् २०२२ को पहिलो त्रैमासभित्रै नयाँ कार स्लाभियालाई भारतीय बजारमा उतार्ने भएको छ । फक्सवागन ग्रुपको इण्डिया २.० प्रोजेक्ट अन्तर्गत यसअघि कुसाक र टाइगुन एसयुभी लन्च गरेको स्कोडाले सोही प्रोजेक्टको तेस्रो कारका रुपमा मिड साइज सेडान स्लाभियालाई उतार्ने भएको हो ।

यो कार हालको रेपिडभन्दा केही लामो हुने भएपनि यसले रेपिडलाई बिस्थापित भने नगर्ने स्कोडाले जनाएको छ ।कुशाक एसयुभीलाई जस्तै स्कोडाले यो सेडानलाई समेत स्थानियकरण गरिएको एमक्यूबी-एओ-इन प्लेटफर्ममा उत्पादन गर्ने जनाएको छ ।

यसकोे लम्बाई ४४८० र ह्विलबेश २६५१ एमएम रहनेछ । जुन रेपिडको तुलनामा ७७ एमएम बढी लामो हो । यो रेपिड भन्दा माथिल्लो स्तरको कार हुने कम्पनीले बताएको छ । यो नयाँ कार न्यू एज स्कोडा ग्रिल र स्लिक डिजाइन साथ आउनेछ ।

यसमा सिग्नेचर बटरफ्लाई ग्रिल, एलइडी डिआरएलको साथ सार्प हेडल्याम्प, एलइडी टेल लाइट, डायमन्ड कट एलोई ह्विल, एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, क्लाइमेट कन्ट्रोल, कनेक्टेड कार टेक्नोलोजी, भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग र प्रिमियम साउन्ड सिस्टमका साथै अनगिन्ती सेफ्टि फिचर्स उपलब्ध गराइनेछ ।

स्लाभिया टिएसआई इन्जिनमा १.० र १.५ लिटर क्षमतमा उपलब्ध हुने बताइएको छ । जसमध्ये १.० लिटर क्षमताको इन्जिनले ११५ एचपी पावर र २०० एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ ।

३ सिलिन्डरको यो इन्जिनमा ६ स्पिड म्यानुअल अर्थात ६ स्पिडकै टर्क कन्भर्टेड अटोमेटिक गियरबक्स मध्ये कुनै एक अप्सन उपलब्ध हुनेछ । त्यसैगरी १.५ लिटर क्षमताको इन्जिनले १४७ एचपी पावर र २५० एनएम टर्क प्रदान गर्ने अनुमान लगाइएको छ ।

४ सिलिन्डरको यो इन्जिनमा भने डिसिटी अटोमेटिक गियर बक्स उपलब्ध गराइने पक्कापक्कि भैसकेको छ ।यो नयाँ कार बजारमा आइसकेपछि यसले फक्सवागनकै तत्काल बजारमा आउने तयारीमा रहेको भर्टस सेडान सहित होन्ड सिटी, हुन्डाई भर्ना र मारुती सुजुकी सियाजसंग प्रतिस्पर्धा गर्नेछ ।

स्कोडाले यो कारलाई ९ देखी १५ लाख भारतीय रुपैयाँको बिचमा बिक्री गर्ने अनुमान गरिएको छ ।नेपाल अटो

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्