Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहरुखकी पत्नी गौरी लागुपदार्थसहित भेटिएकी थिइन् एयरपोर्टमा !

बलिउड अभिनेता शाहरुख खान भन्ने वित्तिकै नचिन्ने कमै होलान् शाहरुख खानकी पत्नी गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन् ।

उनी आज ५१ वर्षकी भएकी छन् । गौरी र शाहरुख खान यतिबेला छोरा आर्यनको कारण तनावमा छन् । आर्यन लागुपदार्थको केसमा फसेपछि आमाबाबु दुवै जना विवादमा फसेका छन् ।

केही वर्षअगाडि गौरी खान पनि लागुपदार्थसहित भेटिएको चर्चा चलेको थियो । उनी बर्लिन एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् । प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको थिएन । तर, गौरी लागुपदार्थ दुरव्यसनीमा रहेको जनाइएको थियो ।

गौरी खानलाई त्यस समयमा पक्राउ गरिएन किनकी उनीसँग एक व्यक्तिले प्रयोग गर्ने जति नै गाँजा थियो । उनीबारे यस विषयमा लगातार समाचार प्रशारण हुन थालेपछि गौरी खानले अन्तरवार्तामा उक्त समाचारलाई अफवाह बताएकी थिइन् ।एजेन्सी

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्