Logo
८ बैशाख २०८१, शनिबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीले खुलायो झन्डै ६ सय जनाको आवेदन

नेपाल प्रहरीले झन्डै ६ सय संख्यामा प्रहरीको विज्ञापन खुला गरेको छ ।जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो।

प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।

प्रसनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्