Logo
४ माघ २०८१, शुक्रबार
(October 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज प्रतिनिधि सभाको बैठक, सरकारले विधेयक फिर्ता लिने

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।यसैगरी विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमति लिने सरकारको प्रस्ताव छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको महासचिव डा. भरतराज गौतमले बताए ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेको अवरोध जारी रहेकाले सरकारले विचाराधीन अवस्थामा रहेका विधेयक फिर्ता लिएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: Oct 8, 2021

प्रतिक्रिया दिनुहोस्