Logo
१३ बैशाख २०८१, बिहीबार
(October 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले असोज २४ गते विश्वासको मत लिदैँ

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी छन् ।विश्वासको मतका लागि प्रदेश सरकारले असोज २४ गते अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ ।प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् ।यो सरकार गठन गर्न आवश्यक बहुमत हो । गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन् ।

यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ जना मात्र पुग्छ । जुन सरकार गठन गर्नका लागि पर्याप्त हुदैन । प्रदेशसभामा नेपाली काँग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् ।

प्रकाशित मिति: Oct 7, 2021

प्रतिक्रिया दिनुहोस्