Logo
९ माघ २०८१, बुधबार
(October 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले भने : ‘उस्तै परे आज मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तारका साथै शपथ ग्रहण हुन सक्ने बताएका छन् ।

आज पचली टिभीको उदघाटन समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता मन्त्रिपरिषदले पाउँछ ।’

प्रचण्डले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई, अगाडि ल्याउन नयाँ प्रयास गरेको बताए । माओवादी केन्द्रले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो ।

माओवादीले देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा सिफारिस गरेको थियो ।

गठवन्धका सबै दलहरुले पनि नाम टुंगो लगाएपछि आजै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन बाँकी छ ।

 

प्रकाशित मिति: Oct 7, 2021

प्रतिक्रिया दिनुहोस्