Logo
१२ बैशाख २०८१, बुधबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कौन बनेगा करोडपतिका प्रतियोगीले अमिताभलाई भने : ‘तपाईंकी बुहारी नानी देखेर डाहा लाग्छ’

भारतीय टिभि सो कौन बनेका करोडपति एक चर्चित कार्यक्रम हो । यस कार्यक्रममा अभिनेता अमिताभ बचनले चलाइरहेका छन् । कौन बनेगा करोडपति १३ औं संस्करणमा पुगेको छ ।

च्यानलले आउँदो एपिसोडको प्रोमो सेयर गरेको छ जहाँ एक प्रतियोगीले अमिताभ बच्चनको अगाडि उनकी बुहारी ऐश्वर्या राय देखेर डाहा लाग्ने गरेको बताइन् ।

प्रतियोगी दिव्या सहाय हटसीटमा बसेर अभिताभसँग भन्छिन्, ‘मलाई तपाईंकी बुहारी नानीसँग असाध्यै डाहा हुन्छ । अमिताभले सोध्छन्, ‘किन जलन हुन्छ तपाईंलाई ?’ दिव्या थप्छिन्, ‘सय वर्षमा कोही महिला यती सुन्दर जन्मिन्छिन् ।’ दिव्याको कुरा सुनेर अमिताभले उनलाई धन्यवाद भन्छन् ।

कौन बनेगा करोडपति १३ मा एकपछि अर्का रमाइला प्रतियोगी देख्न पाइएको छ । यी सबैसँग अमिताभको ठट्टा पनि चलिरहन्छ ।

ऐश्वर्या रायले हालै पेरिस फेसन विक २०२१ मा आफ्नो जादु बिछ्याइन् । कार्यक्रममा सहभागी भएको उनको तस्बिर सार्वजनिक भएको छ । सेतो पहिरनमा ऐश्वर्याले र्याम्प वक गरेकी थिइन् ।

ऐश्वर्याले लोरियल पेरिसको तर्फबाट र्याम्प वक गरेकी हुन् । ऐश्वर्या थुप्रै वर्षदेखि लोरियलकी ब्रान्ड एम्बेडसर पनि हुन् ।ऐश्वर्या यो कार्यक्रममा अभिषेक बच्चन र छोरी आराध्या बच्चनसँग पुगेका थिए ।एजेन्सी

 

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्