Logo
१३ बैशाख २०८१, बिहीबार
(October 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीभीएस जुपिटर १२५ सीसी स्कुटर अक्टोबर ७ मा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता !

भारतीय बजारमा टीभीएस मोटर कम्पनीको नयाँ १२५ सीसी स्कुटर अक्टोबर ७ मा सार्वजनिक हुँदै छ । सम्भवतः यसलाई टीभीएस जुपिटर १२५ सीसीको रूपमा लन्च गरिनेछ ।

टीभीएसको सो नयाँ स्कुटर होन्डा एक्टिभा १२५, सुजुकी बर्गम्यान १२५ र सुजुकी एक्सेस १२५ का साथै यामाहा फेसिनो जस्ता स्कुटरहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

नयाँ स्कुटरको लन्चिङ भन्दा पहिले नै यसको टिजर भिडियो जारी गरेको छ । यसमा फ्रन्ट एप्रन माउन्ट हेडल्याम्पको साथै एलईडी डीआरएल समावेश गरिएको छ । साथै नयाँ एलईडी टेललाइट, नयाँ साइड प्यानल, ग्र्याब रेल्स, ब्लुटुथ कनेक्टिभिटी भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसबी चार्जर उपलब्ध रहेको छ । मिडिया रिपोर्टका अनुसार टीभीएस १२५ सीसी स्कुटरमा धेरै अन्डर सिट स्पेस हुनेछ ।

टीभीएसको नयाँ स्कुटरमा १२४।८ सीसी सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसमा फ्युल इन्जेक्शन सिस्टम सुसज्जित रहेको छ । सो इन्जिन एनटर्क स्कुटरमा पनि रहेको छ ।

टीभीएसको नयाँ १२५ सीसी स्कुटरको इन्जिनले ९।४ पीएसको पावर र १०।५ एनएम टर्क जेनेरेट गर्छ । सो स्कुटरमा भ्वाइस असिस्ट र इन्टेलिगो जस्ता फिचर देख्न सकिन्छ ।

हाल टीभीएस जुपिटर ११० सीसी इन्जिनमा रहेको छ । नेपाली बजारमा पनि जुपिटर क्लासिक स्कुटर बिक्रीको लागि उपलब्ध छ । यसको मूल्य २ लाख ११ हजार ९ सय रुपैयाँ छ । अब १२५ सीसीमा जुपिटर स्कुटर आयो भने नयाँ प्रतिस्पर्धा थपिने छ ।

हाल टीभीएसले १२५ सीसी सेगमेन्टमा उपलब्ध गराइरहेको एनटर्क स्कुटरले विशेष गरी युवाहरुको मन जितिरहेको छ । जुपिटरमार्फत टीभीएसले अब एउटा राम्रो फेमिली स्कुटर उपलब्ध गराएको सन्देश दिन खोजेको पाइन्छ । नेपाल अटो

प्रकाशित मिति: Oct 6, 2021

प्रतिक्रिया दिनुहोस्