प्रकाशशरण महतसहित कांग्रेसको प्रतिनिमण्डल भोली दिल्ली जाँदै
नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतसहित नेताहरू भोलि भारत जाने भएका छन् । पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतसहित कांग्रेस नेताहरू उदय शमशेर राणा र अजय चौरासिया बिहीबार दिल्ली जान लागेका छन्।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा आफूहरू दिल्ली जाने कार्यक्रम तय भएको केन्द्रीय सदस्य चौरासियाले जानकारी दिए।
कांग्रेसका नेताहरू बिहीबारदेखि चार दिन नयाँ दिल्लीमा रहनेछन्। चौरासियाका अनुसार असोज २५ मा स्वदेश फर्किने कार्यक्रम छ। दुई देशबीच र दुई पार्टीबीच सम्बन्ध थप मजबुद बनाउन भ्रमण गर्न लागिएको काँग्रेसले जनाएको छ।
भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेको निमंत्रणामा महत, उदयशमशेर राणा र अजय चौरसिया सहितको टोली बिहीवारदेखि भाजपाका शीर्ष नेतृत्वलाई भेट्ने छन ।
सह महामन्त्री महतको निमन्त्रणामा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल भ्रमण गरेर फर्किसकेका छन्।