Logo
११ माघ २०८१, शुक्रबार
(October 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ९६८ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

पछिल्लो समयमा नेपालमा कोरोना संक्रमण दर र मृत्यु दर घट्दै गइरहेको छ । यद्पी कोरोनाको जोखिम भने कायमै छ । पछिल्लो २४ घण्टामा आज देशभर थप ९६८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर पीसीआर विधिबाट ११ हजार ५८२ र एन्टिजेन विधिबाट ४ हजार ४६० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणमा ७ लाख ९८ हजार ७६६ र एन्टिजेन विधिको परीक्षणमा ९२ हजार ४५८ जना पुगेको छ ।

आज देशभरमा थप १११४ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ७ लाख ७१ हजार ३३८ जना निको भएका छन् । त्यस्तै देशभर कोरोनाबाट थप ६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: Oct 5, 2021

प्रतिक्रिया दिनुहोस्