Logo
८ बैशाख २०८१, शनिबार
(October 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लुम्बिनी प्रदेश सरकारले बुधवार बजेट ल्याउँदै

लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत भोली (बुधवार) बजेट ल्याउँदै छ ।

बुधवार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्काले बजेट पेस गर्ने भएका हुन् ।

शङ्कर पोखरेल नेतृत्वको सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएकोमा प्रतिपक्षी दलहरूको असहयोगका कारण बजेट पारित हुन नसकेपछि तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

अध्यादेशबाट ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी बजेट ल्याउन लागिएको हो । बजेटमा लुम्बिनी प्रदेश बैङ्क स्थापना, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि बहु–सांस्कृतिक डबली निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यमा स्थानीय कच्चा पदार्थमा आधारित मायाको चिनो तथा उपहार सामग्री उत्पादन उद्योग स्थापनालगायतका नयाँ कार्यक्रम समेटिने छन् ।

प्रकाशित मिति: Oct 5, 2021

प्रतिक्रिया दिनुहोस्