Logo
१५ चैत्र २०८०, बिहीबार
(October 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थ मन्त्रालयले माग्यो सरकारी गाडीको विवरण

अर्थ मन्त्रालयले सरकारी गाडीको लिस्ट माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा मंगलबार बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको बताए ।

अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ ।

‘सरकारी सम्पत्ति कति छ थाहा छैन, गाडी किन्ने माग अहिले पनि आइरहन्छ, त्यसैले मैले सरकारी गाडीको लिस्ट मागेको छु,’ उनले भने ।

नेपाल सरकारलाई कति गाडी चाहिने र त्यस अनुसार उपलब्ध भए-नभएको निश्चित भएपछि मात्र आवश्यकता देखिएमा नयाँ गाडी किन्ने शर्माको भनाइ छ ।

‘गाडी चाहियो भन्छन् । कति चाहिने हो, त्यो रेकर्ड चाहियो, रेकर्ड कतै भेटिँदैन, किन्दै जाने, कहाँ चलाइरहेको छ, थाहा नहुने ?’ उनले भने ।

प्रकाशित मिति: Oct 5, 2021

प्रतिक्रिया दिनुहोस्