Logo
१३ बैशाख २०८१, बिहीबार
(October 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहरुख खानलाई भेट्न आर्यनले पनि अपोइन्ट लिनुपर्ने खुलासा !

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रग्स प्रकरणमा प्रहरी हिरासतमा रहेका छन् । उनलाई आइतबार मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शीपमा हुने ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यनलाई पक्राउ गरेको थियो ।

आर्यन खानलाई पक्राउ गरेपछि उनलाई घण्टौंसम्म सोधपुछ भयो, त्यसपछि एनसीबीका अधिकारीले उनलाई नियन्त्रणमा लिएका हुन् । आइतबार आर्यन र पक्राउ परेका अन्य दुई अरबाज मर्चेन्च र मुनमुन धमेचालाई अदालतमा पेश गरिएको थियो । अदालतबाट सबैलाई एकदिनको कस्टडीमा राख्न दिइएको थियो ।

शाहरुख खान आफ्नो काममा असाध्यै व्यस्त हुन्छन् । अभिनय, निर्माणका साथै उनका अन्य थुप्रै काम पनि हुन्छन् जसले उनलाई धेरैजसो व्यस्त बनाइरहेको हुन्छ ।

आजकाल शाहरुख खान एकैपटक थुप्रै प्रोजेक्टमा काम गरिरहेका छन् । यसैकारण उनको दैनिकी निकै टाइट हुन्छ । यस्तोमा उनका बालबच्चासमेतले पनि उनलाई भेट्न अपोइन्टमेन्ट लिुनपर्छ । यसको खुलासा अरु कोही नभई शाहरुख खानका जेठो छोरा आर्यनले गरेका हुन् ।

स्रोतका अनुसार आर्यन खानले भने, ‘मेरो पापा यति व्यस्त हुन्छन् कि थुप्रै पटक उनलाई भेट्नका लागि पापाकी म्यानेजर पूजासँग अपोइन्ट लिनुपर्छ । त्यसपछि मात्रै मैले आफ्नो पापालाई भेट्न पाउँछु ।’

भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को सोधपुछमा आर्यनले आफ्ना पिताको अति व्यस्त दैनिकीबारे जानकारी दिए । स्रोतलाई उद्धृत गर्दै आजतकले दिएको जानकारी अनुसार एनसीबीको सोधपुछमा आर्यनले उनका पिता हाल एकैपटक तीन फिल्मको सुटिङ गरिरहेको बताए ।

आफ्नो आउँदो फिल्म पठानका लागि उनले असाध्यै मिहिनेत गरिरहेका छन् । पठानमा आफ्नो भूमिकाका लागि शाहरुखले मेकअपमा नै घण्टौं समय खर्चिनुपर्छ ।

आर्यन खान अदालतमा पेश हुँदा एनसीबी र आर्यनका वकिल सतिश मानशिन्देबीच लामो बहस चल्यो । एनसीबीले आर्यन खानमाथि आरोप लगाउँदै उनको फोनबाट आपत्तिजनक चिज र ड्रग्स च्याट भेटिएको बताएको छ ।

यता स्टार किडका वकिल सतिश मानशिन्देले जवाफमा एक पछि अर्को गर्दै जवाफ पेश गरे ।ड्रग च्याट पाएको कुरामा सतिश मानशिन्देले जवाफ दिएका थिए, ‘उनीहरुले आर्यन खानमाथि असाध्यै गम्भीर आरोप लगाइरहेको छ । अदालतले च्याट आफैंले हेर्न सक्छ । यस्तो कुनै पनि कुरा यसमा छैन ।’

आफ्नो पेशीका बेला सतिश मानशिन्देले एनसीबीलाई कडा जवाफ फर्काएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । अदालतका मजिस्ट्रेटले एनसीबीबाट आर्यनलाई कस्टडीमा लिएर प्रश्न सोधेको थियो ।

यसबारे एनसीबीले भनेको थियो, ‘आर्यन खानलाई हिरासतमा लिन यसकारण लिन आवश्यक छ किनभने उनलाई पार्टीमा किन बोलाइएको थियो र उनी कुन क्याबिनमा बसेका थिए भन्नेबारे हामीलाई पत्ता लगाउनु छ ।’

एनसीबीको यो कुराको जवाफ दिँदै सतिश मानशिन्देले भने, ‘आर्यन खानलाई जहाजमा ड्रग्स बेच्न जरुरी छैन । उनी जहाजमा किन गएका थिए यसमा एनसीबीको कुनै काम छैन । आर्यनले चाहेको खण्डमा पूरा जहाजलाई खरिद गर्न सक्छन् ।’

पेशीको सुरुवातमा सतिश मानशिन्देले भनेका थिए, ‘यदि आर्यन खानको केस गैर-जमानती हो भने यसका लागि एनसीबीले ठोस् प्रमाण र तथ्य जारी गर्नुपर्ने छ । अरुबाट पाएको ड्रग्सलाई आर्यन खानबाट पाएको भन्न मिल्दैन । ’

आर्यन खानले अदालतमा भनेका थिए, ‘म पक्राउ परेपछि एनसीबीका अधिकारीलाई आफैंले अनुसन्धान गर्न दिएको थिएँ । मैले कसैलाई देखेर भाग्ने कोसिस गरिनँ र दुर्व्यवहार पनि गरिनँ । यस्तोमा मलाई हिरासतमा लिइनु हुँदैन । ’यसमाथि सतिश मानशिन्देले आर्यनलाई साथ दिँदै भनेका थिए, ‘फोनमा मात्रै कुरा गर्नु अपराध होइन ।’

सोमबार आर्यन खानलाई एनसीबीले किला कोर्टमा पेश गरेको छ ।सोमबार पुनः आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई किला कोर्टमा पेश गरियो र तीनैजनालाई ७ अक्टोबरसम्म हिरासतमा राख्न निर्णय सुनाइयो ।

आर्यन हाल एनसीबीको हिरासतमा छन् । एनसीबीले आर्यनलाई लगातार सोधपुछ गरिरहेको छ । आर्यन (अक्टोबर (आउँदो बिहिबार) सम्म हिरासतमा रहनुपर्नेछ । स्रोतले बताए अनुसार आर्यन सोधपुछमा सहयोग गरिरहेका छन् । यद्यपि, यतिबेला उनी निकै चिन्तित पनि देखिए ।

आर्यनले आफू शौखको रुपमा लागुऔषको सेवन गर्ने गरेको स्वीकार गरेका छन् । उनका अनुसार उनी पछिल्लो चार वर्षदेखि ड्रग्सको सेवन गरिरहेका छन् ।एजेन्सी

प्रकाशित मिति: Oct 5, 2021

प्रतिक्रिया दिनुहोस्