Logo
७ बैशाख २०८१, शुक्रबार
(October 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठगी आरोपमा सिभिल बैंकका अध्यक्ष इच्छाराजसहित ११ जना कर्मचारी पक्राउ

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ४६ करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सोमबार राती तामाङलाई पक्राउ गरेको हो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।

उनीसहित अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको सीआइबीले जनाएको छ । सीआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई हिजो सुन्धाराबाट पक्राउ गरिएको हो ।

तामाङले हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना गरेको उजुरी परेको पनि सीआइबीले जनाएको छ ।नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका तामाङले अर्थ समितिको सदस्य रहेको बेला बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए ।

 

प्रकाशित मिति: Oct 5, 2021

प्रतिक्रिया दिनुहोस्