Logo
४ कार्तिक २०७८, बिहीबार
(October 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापानी राजकुमारीले प्रेमीसँग विवाह गर्नका लागि शाही हैसियत त्याग्दै !

साचो प्रेम गर्ने मानिसले जस्तो सुकै अवस्थाको पनि सामना गर्न सक्छन् । साथै  प्रेमी जोडीले आफ्नो प्रेमको लागि जस्तो सुकै त्याग गर्न पनि पछि प्रदैनन् भन्ने गरिन्छ ।

यो भनाइ कतिपय अवस्थामा सार्थक मान्ने गरिन्छ । यस्तै जापानी राजकुमारीले आफ्नो प्रेमको लागि त्याग गर्ने भएकी छन् । जापानी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्नका लागि शाही हैसियत त्याग्दै घोषणा गरेकी छन् ।

जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बने पनि उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यही महिना विवाह गर्ने तयारी गरेकी छन्।

जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ।उनीहरूबीच सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो।

विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ। उनका प्रेमी केइ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन्।

प्रकाशित मिति: Oct 4, 2021

प्रतिक्रिया दिनुहोस्