Logo
८ बैशाख २०८१, शनिबार
(October 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु, १ घाइते

file photo

लुम्बिनी प्रदेश अन्तर्गत रहेको रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।

आइतबार राति रवि सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमार छन् ।

एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको पाइएको प्रहरीले बताए ।

रविले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

सिंहलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Oct 4, 2021

प्रतिक्रिया दिनुहोस्